काठमाडौं– जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको नौ दिनअघि आर्कटिक सर्कलको जेलमा निधन भएको थियो । रुसी अधिकारीहरुले नाभाल्नीको अन्तिम संस्कार गोप्य ढङ्गले गर्ने सहमतिमा आमालाई शव दिएका हुन् ।
अत्यन्तै गोप्य रुपमा अन्त्येष्टि नगर्ने भएमा शव जेल भित्रै गाड्ने भनेपछि त्यही शर्तमा शव लिएको नाभाल्नीका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा नाभाल्नीकी आमा ल्युदमियाले हस्ताक्षर गरेको बीबीसीको खबरमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar