काठमाडौं– थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् ।
शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
आरोपित महिला दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ । शिशु लैजाने महिलालाई उनकी दिदीले पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । यसबारेमा दिदी र महिलाका श्रीमानसँग सोधपुछ भैरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार विस्तृत विवरण अनुसन्धानपछि खुल्नेछ । हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएको उजुरी परेको थियो । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी ती महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएपछि हुलियाका आधारमा खोजी थालिएको थियो ।
शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले उजुरी दिएकी थिइन् । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेकी थिइन् । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar