काठमाडौं– त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । हिजो नियुक्तिपछि उनले शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने बताए ।
यस्तै विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ । छनोट प्रक्रियाबाट छानिएका तीनजनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो उपकुलपतिमा नियुक्त गरेका हुन् ।
यसअघि धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि कात्तिक १७ गतेदेखि उपकुलपति पद रिक्त थियो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । छनोट प्रक्रिया शुरु भएपछि समितिले १४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको थियो ।
त्यसबाट पनि आइतवार उत्कृष्ट तीनजनाको नाम सिफारिस गरिएको थियो । तीन जनामध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar