काठमाडौं– ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर भएका छन् । बार्सिलोना र ब्राजिलका पूर्व फुटबलर आल्भेसलाई स्पेनको एक अदालतले बार्सिलोनाको रात्रि क्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको हो ।
४० वर्षका उनलाई साढे चार वर्षको जेल सजाय सुनाइएको छ ।
आल्भेसलाई सन् २०२२ डिसेम्बर ३१ तारिखमा स्पेनकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । आल्भेसले बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेइन (पीएसजी) लगायतका क्लबबाट खेलिसकेका छन् ।
आल्भेस कतारमा भएको विश्वकप फुटबलमा ब्राजिलको टोलीमा थिए । उनी विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका ब्राजिलका खेलाडी पनि बनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar