काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्य ११ घण्टाका लागि हटाइएको छ ।
गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।
कर्फ्यु जारी भए पनि मंगलबार बिहान र बुधबार बिहान ६ देखि १० बजेसम्म खुकुलो पारिएको थियो । मंगलबार आपसी सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालयले सर्बदलीय बैठक डाकेर पाँच बुँदे निर्णय गरेको थियो ।
रौतहटको इशनाथ नगरपालिकामा हिन्दू र मुस्लिमसमुदाबीच भएको झडपलाई लिएर वीरगञ्जमा तनाव बढेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar