काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि बन्दसत्र सुरु भएको छ ।
महासमिति बैठकमा आज बिहानदेखि बन्दसत्र सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुनेछन् ।
पार्टीका उपसभापति एवम् उपप्रधान÷रक्षामन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पेस हुनेछ । महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले महासमिति बैठकमा प्रस्तुत हुने साङ्गठनिक र राजनीतिक प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषयमा जोड दिएका छन् ।
थापा र कोइरालाले प्रतिवेदनमै यो विषय राख्न खोजे पनि सभापति शेरबहादुर देउवा पक्षले आवश्यकताका आधारमा अरू दलसँग गठबन्धन गर्न सकिने भएकाले प्रतिवेदनमा यो विषय राख्न जरुरी नभएको बताएको छ ।
यस्तै, पार्टीका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेको लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस हुने प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
महासमिति बैठक ललितपुरको गोदावरीमा हिजो उद्घाटन भएको हो । बैठक १० गतेसम्म चल्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar