काठमाडौं – राजधानीको ज्ञानेश्वरमा रहेको मेपावर केटिएम इन्टरनेशनल प्रा.लि.ले कतार प्रहरीमा जागिर लगाईदिने भन्दै ठगी धन्दा चलाँउदै आएको खुलेको छ ।
नेपाल सरकारबाट कतार प्रहरीमा भर्ना गर्न स्विकृत नै नलिई चोर बाटोबाट कतार प्रहरीमा भर्ना गरिदिने भन्दै उक्त मेनपावर कम्पनीले लाखौं रकम असुली गरिरहेको खुलेको हो । नेपाल सरकारसंग सुरक्षा गार्ड पठाउने स्विकृती लिई विभिन्न व्यक्तिहरुलाई भने कतार प्रहरीमा पठाउने भन्दै एउटै व्यक्तिसँग १३ लाख भन्दा बढी रकम असुली गरिएको उक्त मेनपावरबाट ठगिएका व्यक्तिले बताए ।
ति व्यक्तिका अनुसार उक्त मेनपावर कम्पनीले सुरक्षा गार्ड पठाउने कामदार छनौटका लागि नेपाल सरकार बैदेशिक रोजगार विभागसंगको मिलोमतोमा गत माघ १९ गते पूर्व स्विकृती प्राप्त गरेको भन्दै विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुमा विज्ञापन प्रकासित गरेको थियो । सोहि अनुसार उनिसहित ५०० जना युवा – युवतीहरुसंग कतार पु¥याएर कतार प्रहरीमा नै जागिर लगाईदिने भन्दै उक्त मेनपावरले प्रतिव्यक्ति १३ लाखको दरले पैसठ्ठी करोड रकम ठगी गरेको उनले बताए ।
कतारको मिनिस्ट्री अफ इन्टेरिएर (कतारको गृह मन्त्रालय) मा सिधै भर्ना गर्न कानुनी मान्यता नपाए पछि सुरक्षा गार्डको रुपमा कामदार छनौट गरी कतार पु¥याएर कतार प्रहरीमा जागिर लगाईदिने भनी मेनपावरले प्रलोभन देखाएको र अहिले उनिहरु मेनपावरबाट ठगिएका हुन् ।
यो चलखेलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग र कतारस्थीत नेपाली दुतावासको समेत संलग्नता रहेको श्रोतको दावी छ । विगतमा पनि कतार प्रहरीमा जागिर लगाईदिने भन्दै अल ताक्वेत मेनपावरले २०७८ भाद्र १३ गते सरकारबाट पूर्व स्विकृत लिई ठगि धन्दा चलाएको थियो । तर मेनपावर कम्पनीले ठगि गरेको पोल खुलेपछि अन्तिममा बैदेशिक रोजगार विभागले उक्त अल ताक्वेत मेनपावरलाई कारवाही गरेको थियो ।
नेपाल सरकारको नियम अनुसार नेपालबाट मेनपावर कम्पनीले जुन कम्पनी र जुन क्षेत्रको लागि जनशक्ति लैजाने हो सोहि अनुरुप कतार पुगेपछी काम गर्नुपर्दछ । कतार पु¥याएर काम परिवर्तन गर्नूलाई गैरकानुनी मानिन्छ । पत्रिकामा प्रकाशित विज्ञापन अनुुसार आगामी फागुण ९ देखि १३ सम्म हायात रेजेन्सी तारागाँउ, बौद्घमा अन्तवार्ताको मिति तय गरिसकिएको छ । केटिएम इन्टरनेशनल प्रा.लिले गरेको यस्तो हर्कतमा मन्त्रालय र बैदेसिक रोजगार विभाग मौन रहनु भनेको यसबाट प्राप्त हुने लाभको अंशियार बनाईएको श्रोतले दाबी गरेको छ ।
इजराइल र प्लालेष्टाईनद्वन्दले मध्यपूर्वमा असान्त भईरहेको अहिलेको अवस्थाका नेपालीहरुलाई कतारमार्फत प्लालेष्टाईनमा प्रयोग गरीने आसंका उत्पन्न भएको छ । नेपालीहरुले रसिया र युक्रेनमा भोग्न परेको स्थितिलाई गम्भिरतापूर्वक विश्लेषण गरी पराराष्ट्र मन्त्रालयले कतारको राजदुतलाई स्पष्टिकरण माग्न जरुरी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar