काठमाडौं– महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूले डिएसपी तुलसिंह केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शनिबार राति केसीले हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोप छ ।
उनले भिडिओ खिचेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । पोखरास्थित नम्बर ४ बाहिनीमा कार्यरत उनी बिदामा थिए ।
कसैको अनुमति बिना तस्बिर वा भिडिओ खिच्न नपाइने भन्ने कसुरमा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar