काठमाडौं– काठमाडौं महानगरपालिकाले निलम्बित दुई जना कर्मचारीलाई बर्खास्त गर्न बागमती प्रदेश लोक सेवा आयोगलाई पत्राचार गरेको छ ।
निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई बर्खास्त गर्नका लागि परामर्श दिन महानगरपालिकाले पत्राचार गरेको हो ।
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारको कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि उनीहरूलाई सेवाबाट हटाउन परामर्श लिएको महानगरपालिकाले जनाएको छ ।
मेयर बालेन शाहको सचिवालयमा कार्यरत १० औं तहका नूरनिधि न्यौपानेको हकमा कार्यपालिकाबाट निर्णय गरेर प्रदेश लोक सेवामा पठाउने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar