काठमाडौं– चितवनको भरतपुर विमानस्थलको विस्तारका लागि प्रक्रिया अघि बढेको छ । विमानस्थल विस्तारका लागि पर्सि सोमवारदेखि सर्भे हुने भएको छ ।
भरतपुर महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार पर्सिदेखि सुरु हुने सर्वेको काम एक साताभित्र सक्ने तयारी छ ।
मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित बसेको बैठकमा समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ ।
गएको माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो ।
विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्रलगायत संरचना छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar