काठमाडौं – क्रान्तिकारी युवा संगठन नेपाल ले दुग्ध विकास संस्थान (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलेको छ ।
शुक्रबार बिहान मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका नेताकार्यकर्ताहरूले कार्यकक्षमै गई महाप्रबन्धक झालाई कालोमोसो दलेका हुन् ।
उत्त संगठनले, महाप्रबन्धक झा ले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको,कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरि ९७ करोड संस्थान घाटामा लगेको जस्ता आरोपहरु लगाईएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar