रौतहट – जिल्लाको राजदेवी नगरपालिका–७ मुडवालबामा बुधबार बिहान विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
सरस्वती पूजाको अवसरमा नुहाएर पूजा गरी कपडामा आइरन लगाउन गएको बेला बिजुलीको करेन्ट लाग्दा स्थानीय रामचन्द्र ठाकुर लोहारको २५ वर्षीय छोरा तेजा ठाकुर लोहारको मृत्यु भएको हो ।
करीब नौ महिनाअघि विवाह भएका ठाकुरले ससुराली जानको लागि विद्युतीय आइरनले कपडामा आइरन गर्न जाँदा करेन्ट लागेको बताइएको छ । नांगै खुट्टा भएको बेला करेन्ट लागेर अचेत भएका ठाकुरलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याउँदा चिकित्सकले बाटोमै नै मृत्यु भएको जानकारी गराएका थिए । मृतकको बहिनीले आइरन खराब रहेकोले त्यसको प्रयोग नगर्न सुझाव दिएको पारिवारिक स्रोतले जनाएको छ ।
एक मात्र छोरा भएको ठाकुरको निधनले परिवार नै शोकमा डुबेको छ । विद्युत्को करेन्ट लागेर मृत्यु भएको ठाकुरको पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar