काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले आज काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
प्रसाईँले यसअघि टुँडिखेलमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछी आज भृकुटीमण्डपको खुल्ला चौरमा शक्ति प्रदर्शन गर्ने भएका हुन् । प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए । तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडाैँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रसाईँले आज फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने भन्दै बिगत लामो समय अघीदेखी प्रचार गर्दै आएका छन् । त्यस्तै आजको कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका छन् ।
प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पनि अघिल्लो साल फागुनमा नयाँबानेश्वरमा र गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रमको आयोजना गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar