काठमाडौं– नेपाल राष्ट्र बैंकले पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै पाँचवटा मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो ।
विभागका अनुसार काठमाडौंको वसन्तपुरस्थित फेयर मनी एक्सचेन्ज, क्षेत्रपाटीस्थित कैलाश मनी एक्सचेन्ज र लालदरबारस्थित रुट नेपाल मनी एक्सचेन्ज, भक्तापुरको तौमढीस्थित न्यातपोल मनी एक्सचेन्ज तथा रसुवाको गोसाइँकुण्डको टिमुरेस्थित ग्रेस मनी एक्सचेन्जको इजाजत रद्द गरिएको छ ।
मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा रहेको व्यवस्थाबमोजिम नवीकरण नगरेकोले ती मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको विभागले स्पष्ट पारेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar