काठमाडौं– काठमाडौं महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ ।
काठमाडौं महानगरकी उपप्रमुख एवम् अनुगनम समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा भृकुटी मण्डपमा रहेको काठमाडौं मोडल अस्पतालबाट अनुगमन थालेको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० मा हानिकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने उल्लेख छ ।
अनुगमनका क्रममा अस्पतालको नर्सिङ विभाग प्रमुख राधिका घिमिरेले फोहोर उत्पादन हुने ठाउँ, सङ्कलन तथा ढुवानी गर्ने साधन र प्रशोधन गर्ने ठाउँसमेत देखाएका थिए । अस्पतालले तीन लाख रुपैयाँ खर्च गरेर सङ्क्रमित फोहोरलाई सामान्य फोहोर बनाउने प्रणाली स्थापना गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar