काठमाडौं – क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए । निखिल दत्ता ४५ रनमा रन आउट भए । ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के ।
यस्तै हर्ष ठाकरले २९, श्रेयस मोभ्भाले २५, श्रीमन्था विजयरथेले २२, ओपनर आरोन जोनसनले ४, डिलोन हेलिगेरले ४ र निकोलस किर्तनले ३ रनको योगदान गरे । यस्तै कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे ।
नेपालका हेमन्त धामीले ३ विकेट लिए । कुशल मल्लले २ विकेट लिए । ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar