काठमाडौं – काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा विवादमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यवसायी अरूणकुमार चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु पठाइएको हो । म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएका चौधरीका विषयमा अन्तरिमजस्तै आदेश दिइएको थियो । त्यसपछि न्यायाधीश आचार्यबारे प्रश्न उठाइएको थियो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काजमा पठाउने निर्णय गरेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar