काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतले जनाएको छ ।
झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरीमाथि आरोप थियो । विशेष अदालतले पनि उनको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको छ ।
पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा २ जनामात्र दोषी ठहर भएका हुन् । उनीहरुविरुद्ध सजाय निर्धारणका लागि ६ फागुनमा पेशी तोकिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar