काठमाडौं– भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर लामा, बाह्रबिसे–५ घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का ४८ वर्षीय जितबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई अहिले भक्तपुरको मध्यपुथिमि बस्ने २४ वर्षीया विनिता थापा मगरलाई फोन गरी एक केजी सुन छ लगानी गर्नुप¥यो, बेचेर भागबन्डा गरौँला भनी प्रलोभनमा पारेर दुई पटक गरी सात लाख ७५ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।
पैसा लिएपछि फरार भएकोमा उनीहरू अस्ती शुक्रवार र हिजो शनिवार बोडेबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट दुई लाख ९६ हजार पाँच सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar