धादिङ – धादिङमा दुई वटा चाउचाउको पाँच सय असुल्ने ह्याम्लेट रेष्टुरेन्टलाई एक लाख जरिवाना तिराईएको छ ।
२० रुपैयाँ पर्ने दुई वटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएको बिलसहित उजुरी परेपछी जिल्लाको गल्छि गाउँपालिका – ७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना तिराईएको हो ।
२० रुपैयाँ पर्ने दुई वटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि उपभोक्ताले पैसा तिरेको बिलसहित पुगेको अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरेको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । ‘पकाएर दिएको दुइ पोका चाउचाउको पाँच सय रुपियाँ तिरेको होटलले दिएको बिलसहित एक उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी उजुरी परेपछि अनुगमन गरी जरिवाना गरेका हौं’ उनले भने – ‘ह्याम्लेटसहित गल्छिकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई दश दश हजार जरिवाना गरिएको छ । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको हो ।’ तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलेलाई कडा भन्दा कडा कार्वाही गरिने उनले बताए ।
यसैगरी २६ पटक गरिएको अनुगमनका क्रममा जरिवानाबाट साउन यता ७ लाख ९० हजार राजश्व संकलन भएको अनुगमन समितिका संयोजक पराजुलीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar