काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले संघीयता कार्यान्वयनमा बल पुग्ने गरी विधेयक प्रस्तुत गर्नुपर्ने बताएका छन्।
आज (बुधबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा पार्टीका तर्फबाट धारणा राख्दै पाण्डेले संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुग्ने विधेयक पेश गर्नुपर्ने बताएका हुन्। ‘यो अधिवेशनमा संघीयताको कार्यान्वयनलाई बल पुर्याउन सकिने गरी त्यस्ता विधेयकहरु प्रस्तुत भएका छन्। विशेष गरी संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धी विधेयक पनि यस अधिवेशनमा अगाडि बढन सकोस भनेर म भन्न चाहन्छु,’ पाण्डेले भने ।
एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले संसदको चालु अधिवेशनमा सरकारले प्रि(बजेट सम्बन्धी छलफल भएर बजेट निर्माणमा नयाँ परम्पराको सुरूवात गर्न लागेको समेत बताए।
त्यस्तै संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धी विधेयक संसदको चालु अधिवेशनमा अघि बढाएर प्रदेश र स्थानीय सरकारको काममा तीब्रता दिनुपर्ने पाण्डेको भनाई थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar