काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मन्त्रीमण्डल पुनर्गठनका क्रममा नेपाली कांग्रेसलाई गृहमन्त्री दिने कुनै सहमति नभएको बताएका छन् ।
मन्त्रीमण्डल पुर्नगठनका क्रममा माओवादीले अर्थमन्त्रालय लिएर कांग्रेसले गृहमन्त्री लिने सहमति भएको चर्चा चलिरहँदा आज बसेको प्रतिनिधि सभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरागर्दै नेता पुनले त्यस्तो कुनै सहमति नभएको दावी गरे ।
पुनले कांग्रेसबाट राष्ट्रपति, एमालेबाट सभामुख र रास्वपा उपसभामुख रहेकाले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीलाई स्वभाविक रुपमा लिनुपर्ने जिकिर गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar