काठमाडौं– प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका–३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन् ।
उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो ।
उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar