एजेन्सी– इजरायल र गाजाबीच नयाँ युद्धविरामको प्रस्तावलाई हमासले आफ्नो प्रतिक्रिया जनाएको छ । इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको सम्झौता र युद्धविरामको प्रस्तावबारे हमासले सकारात्मक प्रतिक्रिया दिएको हो ।
हमासलाई एक हप्ताअघि पठाइएको सम्झौताको प्रस्तावमा भएका विवरण भने सार्वजनिक नगरिएकाले अहिलेसम्म प्रष्ट हुन नसकेको बीबीसीले जनाएको छ । यसअघि इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूबीच साटासाट गर्ने र अस्थायी युद्धविराम गर्ने निर्णय भएको खबरमा उल्लेख छ ।
इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । अहिले इजरायको मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज इजरायलका अधिकारीहरूसँग हमासको प्रतिक्रियाबारे छलफल गर्ने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar