काठमाडौं– जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई हिजो पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । भिजिट भिसा प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ ।
पक्राउ परेका दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग सात÷सात लाख, गीता शाहसँग पाँच लाख, विनोद कार्कीसँग दुई लाख तथा पदम लामा र रविन अर्यालसँग एक÷एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।
भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध गएको माघ १८ गते सरकारी कागजात कीर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अध्यागमन अधिकृत खड्कालाई गएको मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar