काठमाडौं– शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ ।
आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई त्यहाँबाट हटाएको पीडितहरुले बताएका छन् ।
शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।
विभिन्न माग राख्ने समूहहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
उनले शान्ति बाटिकामा धर्नामा बस्नेहरु भान्छा र बिस्तरासहित स्थायी रुपमै बसेको भन्ने सूचना आएपछि हटाइएको बताए ।
यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar