काठमाडौं– प्रहरीले काभ्रेको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पनौती नगरपालिका–५ आइटी पार्कमा जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई
आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रकाउ पर्नेमा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–११ घर भई अहिले काठमाडौंको बालाजु बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछापका २० वर्षका सञ्जीव तामाङ र ५३ वर्षीया विमला तामाङ रहेका छन् ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar