काठमाडौं – मंगलबार ह्याक भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट पाँच दिन बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । वेबसाइट नचल्दा विद्यार्थी सेवाग्राही प्रभावित भएका छन् ।
यो वेबसाइटबाट त्रिविको आधिकारिक सूचना, परीक्षाफल लगायतका विवरण हेर्न मिल्थो । साथै गत सोमवारदेखि पनिकाले विभिन्न प्रमाणपत्रको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा ल्याएको थियो ।
१६ वर्षीय एक ह्याकरले सिस्टममा सुरक्षा कमजोरी (बग) भेटिएको भन्दै उक्त वेबसाइट आफ्नो फेसबुक अकाउन्ट रिडाइरेक्ट हुने बनाएका थिए । हाल उनीमाथि त्रिवि र साइबर ब्यूरोले अनुसन्धान गरिरहेका छन् ।
वेबसाइट अझै नचल्दा सेवाग्राही मारमा परेका हुन् । पनिकाले वेबसाइट सञ्चालनबारे नयाँ अपडेट दिएको छैन । सोधपुछका लागि उपलब्ध गराइएको पनिकाको आधिकारिक ल्यान्डलाइन नम्बर मा समेत फोन नलाग्ने समस्या देखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar