काठमाडौं– भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन ।
बागलुङको निसीखोला–६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म सडक खुलाउन नसकिएको हो ।
हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए । जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए ।
बिहीबार साँझ ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक सञ्चालन नहुँदा पूर्वीरुकुम र पश्चिम रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङ जाने यातायताका साधन ठप्प भएको अध्यक्ष बुढामगरले बताए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar