काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी) मा ८ औं तहमा कार्यरत् रहेका कर्मचारी संजीवकुमार झा ले डीडीसीको महाप्रवन्धक नियुक्ती हुनका लागी योजनावध्द विज्ञापन गर्न लगाई वि.सं.२०७८ चैत्र १४ गते महाप्रवन्धक पदमा नियुक्ता भएको रहश्य खुलेको छ ।
सर्लाही स्थायी घर भएका झा ले बानेश्वरस्थीत एपेक्स कलेजको अध्यापनसँगै डीडीसीको बजार व्यवस्था हेर्ने आवरणमा सबै प्रकारको लागत र तागत प्रयोग गरेका थिए । श्रोतका अनुसार संस्थाको सुरक्षित बजार संरचना ध्वस्त पार्न लागेको ५/६ वर्ष पछि वि.सं.२०७८ माघमा प्रकाशित महाप्रबन्धक पदको खुल्ला विज्ञापनमा उम्मेदवार हुन प्रचलित नियम कानुन बमोजिम शर्तसहितको स्वीकृती लिएर झा सहभागी भएका थिए ।
महाप्रवन्धक नियुक्त हुनैका लागी झा ले विज्ञापनले मागेको आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभवको कागजातसमेत झुठ्ठा र किर्ते पेश गरेको खुलेको छ । सोही कारण झा विरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा मुद्धासमेत दायर गरेको थियो । यद्धपी उक्त मुद्धाको अहिलेसम्म किनारा लागेको छैन ।
यता झा ले तत्कालीन अवस्थामा विषयगत मन्त्रालयमा रहेको राजनितिक शक्ति प्रति भक्तिगान, खान पान, दान द्रव्य साम दाम दण्ड भेद सबै अश्त्र प्रयोग गरेका थिए । त्यसपछी वि.सं.२०७८ चैत्र १४ गते बाट लागू हुनेगरी महाप्रबन्धक पद हात पार्दै झाले संस्थाको बचे खुचेको व्यवशाय र शान गिराँउदै ‘अव लगभग निजिकरण भन्दा अर्को विकल्प छैन भन्ने’ भाष्य निर्माण गर्न संस्थाका कर्मठ, योग्य ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी विहिन बनाएका थिए । त्यसपछी झा सर्वत्र एकछत्र स्वेच्छाचारी तानाशाह बनीरहेका थिए ।
झा ले गरेका संस्था हित विरोधी निजी स्वार्थ केन्द्रित स्वेच्छाचारी गतिविधिको एस्तो छ इतिहास
झा माथी धुलो दुध खरिदमासमेत अनियमितता गरेको आरोप छ । उनले एकै समयमा विराटनगरमा प्रतिकेजी ५५५ रुपैँयाको दरले पाउने धुलो दुधलाई काठमाडौंमा रु. ८०० मा खरिद गर्ने निर्णय गराई संस्थालाई ठूलो नोक्सानी गराई अनिमितता गरेका थिए । किसान र दुग्ध उत्पादक सहकारीसंग मात्र खरिद गर्न मिल्ने कच्चा दुध व्यापारीसंग किनेर मिलेमतो गरेको,नियम मिचेर चिलिङ्ग सेण्टर खोल्ने र सिमा पारीवाट दुध भित्राई नेपालको उत्पादनलाई कोटा प्रणालीमा नियत्रण गरी किसानको व्यवसाय ध्वस्त पारेको, सार्वजनिक खरिद नियमको ठाडो उल्लङ्घन गर्दै निजी व्यापारीसंग ठूलो मात्रामा धुलो दूध र मख्खन खरिद गरेको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । उक्त उजुरीबारे अख्तीयारले अहिले छानवीन गरिरहेको छ ।
त्यस्तै झा माथी ठेकेदारले सप्लाई गर्नुपर्नेमा संस्थाको गाडी नै प्रयोग गरी सर्लाहीबाट चोरी गरी ल्याएको पाउडर दूध सस्तो मूल्य कायम गरी सोहि समयमा बिना टेण्डर व्यक्तिगत डेरीबाट २०० मेट्रीक टन धुलो दुध खरिद गरेपछि मूल्य बृद्धि भएको अवस्थामा खरिद ऐन विपरित सोही डेरीको कोर्टेशनलाई नै आधार मानी अत्याधिक बढी मूल्यमा भुक्तानी गरेको पनि आरोप छ । उक्त विषयमा पनि अख्तीयारमा उजुरी परेको थियो । यी लगायत दर्जनौं भ्रष्टाचार प्रकरणमा अख्तीयारमा परेको उजुरीका बारेमा अख्तीयारले विषयगत मन्त्रालयलाई छानवीन गरी वास्तविक अवस्थाको जानकारी गराउन माग गरेको छ ।
त्यस्तै झा का बारे शुरुवाती अध्ययन छानवीनमै रहेको र भ्रष्टाचारको सञ्जाल त्यतीमात्र नभई हरेक दिन नै उजुरी आइरहन थालेको र पछि यर्थाथ बुझदैजाँदा संस्थामा व्याप्त अनियमितता, दण्डहिनता, अनुशासनहितना, स्वेच्छाचारी र भ्रष्टाचारीको डरलाग्दो सन्जाल छिचोल्न लामो समय लाग्ने र विना प्रमाण कुनै पदाधिकारीलाई कारवाही गर्नु भन्दा मन्त्रालय मातहतको कर्मचारी भएकै आधारमा केही सहानुभूति देखाउँदै विषयगत क्षेत्रमा सहयोग गर्न भन्दै गत पुष २२ गते कृषी तथा पशुपन्छी मन्त्रालयले मन्त्रालयमा बिषयगत बीज्ञको रुपमा मन्त्रालय हाजीर हुन बोलाइएकोमा विभागीय मन्त्रालयको निर्णयको सामान्य मूल्य मान्यता मर्यादा र कर्मचारीले पालना गर्नुपर्ने न्यूनतम अनुशासनको समेत धज्जी उडाउँदै रातारात सर्वोच्च पुगेका थिए । मन्त्रालयका उच्च तहका कर्मचारी श्रोतका अनुसार यसरी कुनैपनि कर्मचारीहरुले मन्त्रालयको आदेश पालना गर्नुपर्ने न्यूनतम अनुशासनको समेत धज्जी उडाउँदै अटेरी गर्नु विषयको कनेक्सन असामान्य हो ।
उता कर्मचारीहरुले अनुशासनको न्यूनतम मूल्य मान्यता र सुशाशनको ख्याल गर्दै एक दिन हाजिर भएर वा आफ्नो कुरा सम्बन्धित अधिकारी समक्ष राख्दा झा को केही नबिग्रने समेत उनले बताए । “एक दिन एक जना व्यक्ति संस्थामा अनुपस्थित हुँदैमा संस्था डुब्थ्यो ? नीतिगत व्यवस्था र प्रावधान बमोजीम अनिवार्य रुपमा स्वीकृति लिइ जान र गर्नपर्ने काम विषयमा विना सूचना हप्तौं गायव हुँदा संस्था फोनबाटै चलिरह्यो । अझ निमिक्त महाप्रवन्धकलाई खवरदारी गर्दै–मेरो नामबाट सञ्चालित बैंक खाता बन्द, रद्ध नगर्नु म स्टे अर्डरसहित आउने छु भनी धम्क्याएको कारण संस्थानको सञ्चालन यथावत नै राखियो ।” उनले भने ।
सर्वोच्चबाट स्टे अर्डर ल्याए लगत्तै झा ले तामझामका साथ आसन ग्रहण लगत्तै रात्री भोजको आयोजना गरेका थिए । “साँच्चै नै सोही अनुसार दुई दिन विदा पछि लगत्तै स्टे अर्डर लिई तामझामका साथ आसन ग्रहण लगत्तै रात्री भोजको आयोजनाले के संकेत गर्दछ ? नियमित तलब भक्ता सुविधा पाउने गरी स–सम्मान काजमा बोलाएको मात्र त हो– मन्त्रालयले । चेतना भया ! अति भयो संस्था दोहन, अव सरोकारवाला चुप लागेर बस्ने वाला छैनन् खबरदार !” उनले प्रश्न गरे ।
आफू आठौं तहमा पुनः वहाल भई पटक पटक संस्थाको नेतृत्वमा जसरी पनी पुग्ने र संस्था डुवाई छाड्ने दुषित योजना सफल नहुने देखेपछि झा ले मन्त्री, मन्त्रीको सचिवालय, कार्यकारी सह सचिव, आफूनै संस्था, संस्थाका सञ्चालक समिति, समितिका अध्यक्ष जो सुकैलाई पनी आरोप प्रत्यारोप, दुष्प्रचारको बख्लाहट ओकल्दै हिडेको पाईएको छ ।
सोहि विषयमा महाप्रवन्धक झा लाई कृषी मन्त्रालयमा बिषयगत बिज्ञको रुपमा हाजीर हुन भनी पत्राचार भएपछी झा दुष्प्रचारको बख्लाहट ओकल्दै हिडेका थिए । सोहि क्रममा झा ले वि.के नामको ह्वाट्स एप मेसेजमा आचार्य थर गरेका व्यक्तिको बैंक खातामा रकम पठाउन भन्दै पटक पटक ताकेता गरेको स्क्रीनसर्ट सञ्चारमाध्यम मार्फत सार्वजनिक गराएका थिए । उक्त मेसेजमा बैंक खातामा रकम पठाउन ताकेता गरेको तर नपठाएको कारण झा ले आफूलाई मन्त्रालयमा हाजिर गराएको भन्दै झुठो आरोप लगाएका छन् । उक्त विषयको वास्तविकता अध्ययन गर्दा टेलिभिजनको माध्यमबाट सरकारी स्वामित्वको डि.डि.सी.मा उत्पादीत गुणस्तरीय दुग्ध पर्दाथ सेवन सम्बन्धी जनचेतनामुलक सन्देश सर्वसाधारणसम्म पुर्याउने अभिप्रायले जनता टेलिभिजनले व्यवसायीक सहकार्य बढाउन विज्ञापनको अनुरोध गरेको पाईएको छ ।
तर संस्थाको कमजोर आर्थीक अवस्थाको कारणले टेलिभिजनमा विज्ञापन दिन नसक्ने अवस्था रहेको निक्र्यौलपछि उक्त टेलिभिजनसँग जोडिन आग्रह भएको थियो । सोहि अनुसार शेयर किन्ने प्रसंगमा संस्थानका नवनियुक्त अध्यक्ष डा.बेद बहादुर क्षेत्रीले १०० कित्ता, हरिशरण धिमिरेले ३०० कित्ता शेयरको लागी रकम जम्मा गर्ने भनिएका बेला महाप्रवन्धक झा ले पनि त्यसमा जोडिन चाहेका थिए । झा ले म पनि यो संस्था र संस्थाको टिमसँग जोडिन चाहन्छु मलाई पनि थोरै शेयरको लागी सम्र्पक गराईदिनुस भनि आग्रह गर्दै कम्पनिको प्रमुख कार्यकारी अधिकृतको नाम र बैंक खाता नम्बर मागेका थिए । त्यसपछी टेलिभिजनका प्रतिनिधीसंग जोडिएका झा ले टेलिभिजनका अपे्रशन हेडको नाममा रहेको प्रभु बैंकको खातामा २०८० कार्तिक २४ गतेको मितिमा रकम जम्मागरी २०० कित्ता शेयर खरिद गरेको रसिद जारी भइसकेको पाईएको छ ।
जनता टिभीको शेयर खरिद रसिद हेर्दा अव यस्तो विषयलाई कस्तो प्रकारले सामाजिक सञ्जालमा अतिञ्जीत, कपोलकल्पीत, तुत्छ र दुषित मनसायले प्रसारण गर्न लगाइएको प्रष्ट देखिन्छ । जहाँ झा आफूसंग मन्त्रीका लागी भन्दै पटक पटक घुष मागिएको र आफूले घुष नदिएपछी मन्त्रालय तानेको भन्दै ह्वाट्स एपको गलत मेसेजलाई सवुत प्रमाण भएको देखाँउदै मिथ्या आरोप लगाँउदै आएका छन् । यद्धपी उक्त मेसेज जनता टिभिको शेयर खरिदको विषयसंग जोडिएको विषय रहेको जनता टिभी श्रोतले बताएको छ । जाहाँ जनता प्रशारण तथा प्रकासन लिमिटेडका सिईओ रमेश आचार्यले टिभिका अप्रेशन हेड दाहाल थर गरेका व्यक्तिको प्रभु बैंकको खातामा रकम जम्मा गर्न आग्रह गरेको देखिन्छ ।
उता सोहि विषयलाई घुस मागेको नदीएपछि मन्त्रालय तानेको रकम बाडफाड सचिवालय सदस्यले गर्ने गरेको एकपटकमा तिन देखि छ लाख माग्ने गरेको जस्ता घृणित र निराधर घटिया समाचार सामाग्री उत्पादन र सम्प्रेषण भएको थियो ।
सवभन्दा पछिल्लो संस्थागत नियोजित् र दुस्प्रयास त के छ भने सुख्खा सिजनमा पनि नियमित दुध उपलब्ध गराउने सोझा साझा कृषक र सहकारीलाई कोटा प्रणाली लगाई अहिलेको अत्याधिक संकलन चाप भएको समयमा नयाँ दुग्ध व्यवसायी सहकारी संस्था र नयाँ पार्टीसँग दूध खरिद सम्झौता अझ कार्य क्षेत्रभन्दा बाहिर गएर दुध खरीद र खरिद पश्चात तुरुन्त त्यस्तो दूधको भुक्तानी गरेको गुनासो बारम्बार आउने गरेकोमा बास्तविकता यदि यस्तो हो भने संस्था आफ्ना वास्तविक किसान र नियमित सहकारीबाट विस्तारै टाढिदै टाढा धकेल्दै दुग्ध माफीयाको भर पर्नुपर्ने र दुग्ध व्यापारीबाट दुध खरीद गर्दै जाने प्रवृत्ति र अभ्यासले संस्थाको भविष्य कहाँ पुग्ला ? यसरी सार्वजनिक संस्थानप्रति स्वेच्छाचारी भई खेलवाड गर्ने र आफ्नो स्वार्थ अनुकुल चलाउनेहरु प्रति सरोकार समितिले खवरदारी गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar