काठमाडौं – पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । जुम्लामा आज बिहान यस वर्षकै पहिलो हिमपात भएको छ । गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गासहित जिल्लाभर झण्डै आधा फिट हिउँ जमेको छ ।
ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन् ।
माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।
माथिल्लो कर्णालीमा हिमपात शुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।
यसैबीच, हुम्लामा पनि गएरातिदेखि हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अरु उच्च पहाडी भेगका केही ठाउँमा पनि हिमपात भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar