काठमाडौं– सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ ।
आज कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।
रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
त्यसअघि काठमाडौं जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध उनकी पत्नी उच्च अदालत पाटनमा ७३ नम्बरको निवेदन बोकेर पुगेकी थिइन् । उच्च अदालत पाटनले पनि काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि न्यायाधीश गिरीका पत्नी परिसर २६ (परिसर) २०७९÷०८० सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
दुई पटक पेसीमा चढेर हेर्न नभ्याइएको उक्त निवेदन बुधवार कामु प्रधानन्यायाधीश खतिवडा र न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ भएपछि आदेश र सोसँग सम्बन्धित मिसिल झिकाउने आदेश भएको हो । साथै उक्त निवेदनको सुनुवाइका लागि आगामी माघ २४ गतेको पेसी समेत तोकिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar