काठमाडौं– जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ ।
जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ ।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले निर्यात गरेको ४९ लाख १० हजारको तुलनामा यो सङ्ख्या करिब पाँच लाखले बढी हो ।
यद्यपि, चीनको भन्सार विभागले निर्यात सङ्ख्या ५२ लाख २० हजार पुगेको र बर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको जानकारी गराएको छ ।
चीनले सन् २०२३ को शुरू देखि नै मासिक रूपमा जापानले भन्दा बढी सवारी साधन निर्यात गर्दै आएको थियो र बुधबार सार्वजनिक समग्र तथ्याङ्कमा चीनले जापानलेभन्दा बढी सवारी साधन निर्यात गरेको देखिएको छ ।
हालैका वर्षहरूमा विद्युतीय कारहरूमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र ठूलो मात्रामा फस्टाएको छ । यसबाट जापानी फर्महरूलाई चुनौती थपिएको छ ।
चिनियाँ कम्पनी बीवाईडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीको रेकर्डलाई तोडेको छ । यसले बढ्दो क्षेत्रको लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पूँजीकृत गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar