काठमाडौं – सहकारी ठगी मुद्दामा पक्राउ परेकी इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालत बागलुङको सोमबारको आदेशले कोषाध्यक्ष सुनार जेल चलान भएकी हुन् । उनीविरुद्ध जिल्ला अदालत बागलुङबाट गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता फरार सुनारलाई माघ ११ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईवीको टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।
१ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए । तीमध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar