काठमाडौं– देशभरका सबै सरकारी कार्यालयहरु आजदेखि फेरि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै सञ्चालन हुँदैछन् ।
यसअघि गएको कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो ।
हिउँदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । यो व्यवस्था नेपाल राजपत्रमै उल्लेख छ । यस्तै, शुक्रवारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar