काठमाडौँ – पूर्वाराजा ज्ञानेन्द्र शाहसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईको भेटघाट भएको छ।
मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरेका छन् ।
उनले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको टिप्पणी गरे ।
साईंले आफूले चलाउँदै आएको अभियान राम्रो रहेको भनेर पूर्वराजाले प्रतिक्रिया दिएको जिकिर गर्दै अघि बढ्न सुझाव आएको बताए । ‘राजेन्द्र दाइहरूको कुरा राजाले सुनिदिएको मात्रै हो । मलाई त सधैँ समर्थन छ’, उनले भने, ‘अभियान राम्रो छ, लाग्नुस् भन्नु भएको छ । मान्छेले नबुझेको मात्रै हो मलाई पूर्वराजाको पहिले देखि नै समर्थन छ ।’
यसैबिच भेटमा आफूले भ्रष्टाचार, बैंकको चर्कोब्याजदेखि लघुवित्त पीडितको समस्याबारे समेत पूर्वराजालाई जानकारी गराएको प्रसाईंले बताए । भेटपछि प्रसाईंले शाहसँगको तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘श्री ५ महाराजाधिराजसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar