रोल्पा –नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामलाई लक्षित गर्दै कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।
माओवादीबाट निर्वाचित् स्थानिय तहका जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिन गृहजिल्ला रोल्पा पुगेका नेता पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गर्दै समीक्षा गर्ने बेला आएको बताएका हुन् । ‘कोशीको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । काँग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं’, पुनले भने, ‘काँग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ रु हामी हरेक चुनावमा इमान्दार काँग्रेसलाई मत दिइराख्ने अनि काँग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ ।
यसअघि विभिन्न प्रकरणमा काँग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए ।
पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई काँग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे । हरेकपटकका निर्वाचनमा आफूहरुले काँग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर, काँग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar