काठमाडौं– हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार दुई जनालाई स्रोत नखुलेको ३० लाख नगदसहित पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौंको अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईं र सुनसरी घर भई बौद्ध नयाँ बस्ती बस्ने ३० वर्षीय विश्वास राई पक्राउ परेका हुन् ।
प्रसाईंको घरमा हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाको आधारमा खटिएको ब्युरोको टोलीले सुरूमा प्रसाईंलाई पक्राउ गरेको थियो । उनीमाथि सोधपुछ गरी प्रहरीले नयाँ बस्तीबाट राईलाई पक्राउ गरेको थियो । उनको कोठामा तलासी लिँदा प्रहरीले स्रोत नखुलेको ३० लाख १८ हजार रुपैयाँ बरामद गरेको थियो ।
उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ । उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar