काठमाडौं – झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरी फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय फौजदारी सङ्गठन ९इन्टरपोल० लाई आग्रह गरेपछि इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको हो । उनीमाथि इमेज सहकारीका बचतकर्ताको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
नेपाली गत वैशाखदेखि फरार रहेका छन् । यद्धपी बचतकर्ताको उजुरीका आधारमा सहकारीका अन्य पदाधिकारीहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर भने पक्राउ परिसकेका छन् ।
उनीहरूलाई जिल्ला अदालत बाग्लुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाईसकेको छ । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar