पोखरा – राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन् ।
श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए ।
एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता/अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन् ।
एमालेबाट जितेका ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली अनुपस्थित हुँदा कुल मतभार २ हजार ४३९ हुन्छ । तर, एमालेका सबै उम्मेदवारले बढी मत पाएको देखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar