काठमाडौं – भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले वाटरमार्क बिनै भिडिओ सेभ गर्न मिल्ने फिचर ल्याउने भएको छ । सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्राले हालै एक्समा एक पोस्ट राख्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको खुलासा गरेका छन् ।
हालसम्म टिकटकबाट कुनै पनि भिडिओ डाउनलोड गर्दा क्रियटरको युजरनेम सहितको वाटरमार्क देखिन्छ । वाटरमार्क बिनाको भिडिओ डाउनलोड गर्न सकिने फिचर आएपछि प्रयोगकर्ताले जुनसुकै प्लेटफर्ममा सो भिडिओ अपलोड गर्न सक्नेछन् । योसँगै वाटरमार्क बिनाको भिडिओ डाउनलोड गर्न थर्ड पार्टी टुलको भर पर्नुपर्ने छैन ।
विश्लेषक नभर्राका अनुसार टिकटकले क्याप्सन एडिट गर्न सकिने फिचर पनि ल्याउन लागेको छ । यसअघि क्याप्सनमा केही बिग्रिए भिडिओ नै डिलिट गरेर पुनः अपलोड गर्नुपर्ने बाध्यता थियो । अब भने प्रयोगकर्ताले सहजै क्याप्सन एडिट गर्न सक्नेछन् ।
त्यस्तै टिकटकले अटो स्क्रोल फिचर पनि ल्याउन लागेको छ । पछिल्ला केही महिनादेखि टिकटकले परीक्षण गरिरहेको यस्ताे स्क्राेलिङ फिचर छिट्टै आउने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar