काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएका हुन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । उनका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ ।
छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो ।
चालक अनुुमतिपत्र फारम भरेर परीक्षा पास गरिसकेका १४ लाखभन्दा धेरैले लाइसेन्स पाउन सकेका छैनन् ।
उनीहरु राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण, हराएको र नयाँ लाइसेन्स गरी अहिले दैनिक चार हजारप्रति लाइसेन्सको माग छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar