काठमाडौं – नेपाल हज समितिको अध्यक्षमा शमशेर मियाँ पुनर्बहाली भएका छन् ।
नक्कली भुटानी शरणार्थी शरणार्थी प्रकरणमा जोडिएका मियाँलाई शुक्रबार उच्च अदालत पाटनले हज समितिको अध्यक्षका रूपमा कामकाज गर्न गराउन अन्तरिम आदेश दिएको थियो । त्यसलगत्तै उनको पुनर्बहाली गरिएको हो ।
उनी पक्राउ परेपछि मकबुल मियाँ कार्यवाहक अध्यक्ष बनेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सामेल समूहले उनको गाडीलाई रकम ओसारपसारमा प्रयोग गरेको अभियोग लागेको थियो ।
जिल्ला अदालत काठमाडौँले मियाँलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटीमा छुटेपछि पुस २९ गते उनी पुनर्बहालीको मागसहित उच्च अदालत पुगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar