काठमाडौं– भारतको मणिपुरमा पुनः हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सैनिकको मृत्यु भएको छ ।
बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिनको हिंसामा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएको थियो। मणिपुरमा विगत आठ महिनादेखि जारी हिंसा रोकिने संकेत देखिएको छैन ।
गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी–जो समुदायबीच जातीय हिंसा भइरहेको छ ।
हिंसा परी पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar