काठमाडौं– झापाको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार बिर्तामोड नगरपालिका–७ राधाकृष्ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको हो ।
उक्त ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्कुलमा खेलकुद दिवसका कार्यक्रमका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्यास सिलिण्डर ल्याइएको थियो ।
बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएदा डेकुरेसन सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन् । उनको उपचारको लागि बिएण्डसी अस्पताल लगिएको छ ।
साथै सिलिण्डर पड्कँदाको आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड–७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ । उनको उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ । उनको अवस्था सामान्य छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar