चितवन – रिलायन्स फाईनान्स लिभिटेड र पुष्पाञ्जली हस्पिटल प्रालिबीच वित्तीय तथा स्वास्थ्य सेवामा छुट दिने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतामा रिलायन्स फाईनान्स लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामहरी आचार्य र पुष्पाञ्जली हस्पिटलको तर्फबाट अध्यक्ष चेतनाथ वाग्लेले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार रिलायन्स फाईनान्समा आबद्ध कर्मचारी, ग्राहक तथा शेयरधनीले पुष्पाञ्जली हस्पिटलले प्रदान गर्ने स्वास्थ सेवाया २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने रिलायन्स फाईनान्स लिमिटेड टाँडी शाखाका प्रमुख आशिष ढकालले जानकारी दिए ।
यस्तै पुष्पाञ्जली हस्पिटलका सेयर सदस्य तथा त्यहा कार्यरत डाक्टर तथा कर्मचारीहरुले रिलायन्स फाईनान्सले प्रदान गर्ने वित्तीय सेवाहरु सर्वसुलभ रुपमा प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।
यसैबिच रिलायन्स फाईनान्स लिभिटेड र चितवन मेडिकल कलेज (सीएमसी)बीच वित्तीय तथा स्वास्थ्य सेवामा छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार रिलायन्स फाईनान्समा आबद्ध कर्मचारी, ग्राहक तथा शेयरधनीले चितवन मेडिकल कलेजले प्रदान गर्ने स्वास्थ सेवाया २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
फाईनान्सको टाँडी शाखाका प्रमुख ढकालका अनुसार सम्झौतापत्रमा चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा र रिलायन्स फाईनान्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रामहरी आचार्यले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त रिलायन्स फाईनान्सले हाल न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणगढ़ चितवन, महेन्द्रपुल पोखरा कास्की, बेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलान्चोक, आरुघाट गोरखा, चारजाली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर धकि, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २१ वटा शाखा कार्यालय बोली कारोबार गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar