काठमाडौं – सेयरधनीका लागि साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सञ्चित नाफाबाट १५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ लाग्ने ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
सो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।
कम्पनीले गत आर्थिक वर्ष ५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको थियो भने अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ४ सय रुपैयाँ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar