काठमाडौं – दूरसञ्चार प्रदायक एनसेलले प्रयोगकर्ताहरुलाई बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपको पूर्व सूचना दिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणसहित १३ वटा प्रकोपबारे पूर्व सूचना दिन भएको हो ।
जल तथा मौसम विज्ञान विभागसँग मिलेर एनसेलले सन् २०१६ देखि बाढीको पूर्व सूचना दिने गरेको छ । २०२३ मा मात्र एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।
त्यसलाई थप विस्तार गर्ने समझदारी पत्रमा बुधबार एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar