सुर्खेत – सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई हराउँदै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा हराएको थियो ।
पहिलो सेट गण्डकीले २५–२२ अंकले जित्यो । दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६–२४ अंकले विजयी भयो । तेस्रोमा गण्डकीले २६–२४ अंकले बाजी मार्यो । २४–२४ अंकको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाएपछि जित सहज भयो ।
चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्न सफल भयो । उक्त सेट गण्डकीले २५–२२ अंकले जित्यो । आजै उपाधिका लागि दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar