धादिङ – नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले माघी पर्वको अवसरमा कौह्रा नित्य प्रतियोगिता गर्ने भएको छ ।
माघी पर्वको अवसरमा आउँदो पौष २९ गते सिद्धलेक गाउँपालिकाको बुङचुङमा कौह्रा नित्य प्रतियोगिता आयोजना गर्न लागेको नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले जानकारी दिए । मगर समुदायको महान पर्व माघीको अवसर पारी हरेक बर्ष गर्दै आएको कौह्रा नित्य प्रतियोगिताका साथै यस वर्ष पनि विविध साँस्कृतिक कार्यक्रम गर्न लागेको अध्यक्ष मगरले बताए ।
कौह्रा वा कौडा नाच मगर समुदायमा प्रचलित लोक नृत्य हो । यो नाच धादिङ सहित तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका मगर समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नाचिने गरिन्छ ।
यस नाचमा केटाहरूले गित गाएर खैजरि मुजुरि बजायेर केटीहरूलाई नचाउने गर्दछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar